अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गर्ने पक्राउ

नेपालभ्युज

अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गर्ने पक्राउ

धनगढी । कैलालीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरा छन् ।

धनगढी–७ मनेहरामा छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भवन निर्माण गरिएको थियो ।

धनगढीमा अस्पतालका लागि भन्दै बनाइएको भवनमा चर्च सञ्चालन

मंगलबार पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डीएसपी) कविन्द्र बोहराले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved