धनगढीमा अस्पतालका लागि भन्दै बनाइएको भवनमा चर्च सञ्चालन

नेपालभ्युज

धनगढीमा अस्पतालका लागि भन्दै बनाइएको भवनमा चर्च सञ्चालन

धनगढी । कैलालीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल खोल्न भन्दै बनाइएको भवनमा चर्च सञ्चालन भएको हो ।

भवन निर्माण गर्दा नै जग्गाधनी प्रभाकर भण्डारीसँग अस्पताल निर्माणका लागी भनेर सम्झौता गरिएको थियो । तर, भवन तयार भएपछि चर्च सञ्चालनमा ल्याइएको छ ।

सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएको नेपाल लाइफ वर्ड मिसनले लेट मेइन धनगढी प्रा.लि. नामक संस्था बनाएर चर्च सञ्चालन गरेको हो ।

छालाको अस्पताल खोल्ने भन्दै झुक्याएर भवन बनाई चर्च संचालनमा ल्याएकोमा स्थानीयले आपत्ति जनाएका छन् । इसाई धर्मावलम्बीको बसोबास नै नरहेको स्थानामा झुक्याएर चर्च खोलिएको भन्दै स्थानीय आक्रोशित छन् ।

२०८१ वैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गते इसाई संगति लाग्न थालेको स्थानीय बताउँछन् ।

चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचारका लागि बस्ने गरेका छन् । चर्च परिसरमै प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पार्किङ गर्ने गरिएको छ ।

कारको सिसामा स्वास्थ्य जनाउने अङ्ग्रेजी ‘एच’को लोगो टाँसिएको छ । ईसाईको प्रचारमा आएका कोरियनलाई गाउँ लैजाँदा सो गाडी प्रयोग हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved