बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण बुधबार

नेपालभ्युज

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण बुधबार

काठमाडौं  । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण बुधबार हुने भएको छ । मंगलबार साँझ  प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामाको शपथ बुधबार बिहान ११ः११ बजे   प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि बुधबार नै हुने तय भएको  छ ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि बुधबार शपथ ग्रहण हुने भएको हो ।

कांग्रेसको भागमा परेको आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा को–को मन्त्री जाने भन्ने विषय टुंगिन सकेको छैन । उक्त मन्त्रालयका मन्त्रीहरुले पनि बुधबार नै शपथ ग्रहण गर्ने बताइएको छ ।

मुख्यमन्त्री लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved