एआईजीमा बढुवा सिफारिस भएर डीआईजीमै अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न आदेश

नेपालभ्युज

एआईजीमा बढुवा सिफारिस भएर डीआईजीमै अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अवकाश प्राप्त नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपीठ गर्ने निर्णय गरेको थियो । उनले दरपिठविरूद्ध अर्को निवेदन दिएका थिए ।

आफ्ना वकिलका भान्जालाई ‘एकदिने’ एआइजी बनाउँदै गृहमन्त्री रवि लामिछाने !

गत असार १० गते गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, सरकारले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेर पनि समयमा बढुवा नगर्दा उनले डीआईजीमा अवकाश पाएका थिए ।

बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेलले रिट हालेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved