हेटौँडा । बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरूको नाम टुङ्गो लागेको छ । एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।
एमालेबाट प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री प्रकाश श्रेष्ठ, प्रदेशसभा सदस्यहरू अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालको नाम फाइनल भएको एमाले स्रोतको दाबी छ ।
बागमती प्रदेशमा कांग्रेस–एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गर्दैछन् ।
१३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।
मुख्यमन्त्रीको लागि लामाले दाबी पेस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै साँझसम्म लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लामाले आज नियुक्ति लिएपछि भोलि सानो आकारको भए पनि मन्त्रीमण्डल निर्माण र शपथग्रहण हुने जनाइएको छ ।
Facebook Comment
Comment