कालीगण्डकीमा पौडी खेल्न गएका एक किशोर बगेर बेपत्ता

नेपालभ्युज

कालीगण्डकीमा पौडी खेल्न गएका एक किशोर बगेर बेपत्ता
सांकेतिक तस्वीर

काठमाडौं । पर्वतको कालीगण्डकीमा पौडि खेल्न गएक किशोर बगेर बेपत्ता भएका छन् । कुश्मा नगरपालिका– १ स्थित सहस्रधारा नजिकै कालीगण्डकीमा पौडिन गएका १४ वर्षिय सन्तु पुन बेपत्ता भएका हुन् ।

बागलुङको निसिखोला गाउँपालिका– १ लेवाङ सात्ले घर भइ आफन्तकोमा आएका बेला उनी पौडी खेल्न कालीगण्डकीमा गएको बुबा जीत बहादुर पुनले बताए ।

उनीसँगै पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्ति मगर भने सकुशल फर्किएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved