संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

नेपालभ्युज

संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं । संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved