बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने

नेपालभ्युज

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने

काठमाडौं । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आजै पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

कांग्रेस संसदीय दलका नेता लामाले सोमबार बिहानै दाबी पेश गर्ने तयारी भएको जानकारी दिए ।

‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ’, उनले भने, ‘नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले भोली बिहान बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।’ रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved