ओली प्रधानमन्त्री हुँदा खुसी छु तर, विश्वासको मत दिन्नँ : लिङ्देन

नेपालभ्युज

ओली प्रधानमन्त्री हुँदा खुसी छु तर, विश्वासको मत दिन्नँ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू खुसी भएको बताएका छन् । तर, विश्वासको मत भने नदिने उनले बताए ।

प्रतिनिधि सभामा आइतबार ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले एमालेसँग विशेष सम्बन्ध रहेको पनि बताए ।

‘केपी शर्मा ओली प्रधानमन्त्री बन्नु हुँदा स्वाभाविक रूपमा प्रतिपक्षी दलहरूमध्ये म बेसी खुसी हुन्छु, किनभने दुईचोटि मेरो पार्टीले उहाँलाई मत दिएको छ र मैले पनि मत लिएको छु,’ उनले भने ।

उनले थप भने, ‘अन्य दलहरूसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। तर, एमालेसँग विशेष छ, एमाले नेतृत्वमा सरकार बन्दा र ओली प्रधानमन्त्री हुँदा हामी खुसी छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved