दोलखा भीमसेनलाई पसिना : महाप्रसाद राष्ट्रपतिलाई दिइयो

नेपालभ्युज

दोलखा भीमसेनलाई पसिना : महाप्रसाद राष्ट्रपतिलाई दिइयो

काठमाडौं । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् ।

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ ।

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ ।

शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved