इजरायल पठाइदिने भन्दै गिरोहले पैसा असुल्दै, पैसा मागेमा प्रहरीलाई खबर गर्न आग्रह

नेपालभ्युज

इजरायल पठाइदिने भन्दै गिरोहले पैसा असुल्दै, पैसा मागेमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं । इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो आउन थालेपछि वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विज्ञप्ति निकालेर गलत र भ्रामक सूचनाको भरमा नपर्न विभागले अनुरोधसमेत गरेको छ ।

अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको र यसमा गम्भीर ध्यानाकर्षण भएको जानकारी विभागले दिएको छ ।
विभागले इजरायलमा केयरगिभरका लागि आठ सय जनाको विज्ञापन आह्वान गरेको थियो ।

त्यसलगत्तै इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो ।

गलत कार्य भए÷गरेको जानकारी भएमा जानकारी दिनसमेत विभागले अनुरोध गरेको छ । वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved