काठमाडौं । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बिहीबार विस्तार भएको छ। सरकारमा सहभागी नेपाली कांग्रेसका चार र लोसपाका एक मन्त्रीले विहिवार साँझ जनकपुरधाम स्थित प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् ।
नव गठित मन्त्रीपरिषद्मा कांग्रेसबाट जनार्दनसिँह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालरानी शर्मा तिवारीलाई शिक्षा तथा सँस्कृति मन्त्रीको जिम्मेवारी दिइएको छ ।
लोसपा नेपालले दुई मन्त्रालयको माग गरिरहेको थियो । तर, मुख्यमन्त्री सतिशकुमार सिँहले तत्काल एउटा मन्त्रालय लिएर पछि थप कुराकानी गर्ने भन्दै लोसपा नेपाललाई सरकारमा सहभागी गराएको लोसपाका प्रमुख सचेतक समेत रहेकी नव नियुक्त शिक्षा तथा सँस्कृति मन्त्री तिवारीले बताईन् ।
यस अघि शिक्षा तथा सँस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Facebook Comment
Comment