काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगत्ले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् ।
धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मङगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औं जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।
“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उनले भने ।
सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार एल पी जोशीलाई प्रदान गरेका छन् ।
Facebook Comment
Comment