यसरी तयार हुन्छ ‘सन्चो’ (तस्वीरहरू)

यसरी तयार हुन्छ ‘सन्चो’ (तस्वीरहरू)

काठमाडौं । नेपालमा पाइने विभिन्न जडीबुटीको खेती, सङ्कलन, प्रशोधनलगायतका कामहरू आफ्ना विभिन्न शाखामार्फत् गराउँदै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्नो जडीबुटीस्थित प्रशोधन कक्षमा विभिन्न औषधि र तेलहरू उत्पादन गर्दै आइरहेको छ ।

नेपालमा जडीबुटीको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता जडीबुटीको सदुपयोग गर्न विक्रम संवत् २०३८ सालमा नेपाल सरकारको स्वामित्वमा रहने गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थापना भएको थियो ।

यस कम्पनीले आफ्नो मुख्य उत्पादन ‘सन्चो’लाई अत्याधुनिक प्रविधिबाट केन्द्रीय कार्यालयको हाताभित्र रहेको उत्पादन शाखामा उत्पादनका लागि तयारी गर्दछ ।

कम्पनीले औषधिजन्य उत्पादनमा सन्चोका साथै सन्चो बाम, सन्चो दुखाई कम गर्ने तेल, सन्चो ह्यान्ड सेनिटाईजर र शिलाजित उत्पादन गर्दै आएको छ । साथै, सुगन्धित वनस्पतिहरूको आवश्यक तेलहरू समेत उत्पादन गर्दछ ।

तस्वीरहरु:-

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved