हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, अर्का एक युवा घाइते

नेपालभ्युज

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, अर्का एक युवा घाइते
फाइल तस्वीर

काठमाडौं । हात्तीले आक्रमण गर्दा बर्दियामा एकजनाको मृत्यु भएको छ ।

आक्रमणबाट एक युवा घाइते भएका छन् ।

कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको हो ।

आक्रमणमा सोही वडाका २५ वर्षीय विश्राम थारु गम्भीर घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

घाइते थारुको हात भाँचिएको छ । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved