फरार डाकालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नेपालभ्युज

फरार डाकालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
सांकेतिक तस्वीर।

काठमाडौं । प्रहरीले गोली हानेर एक अपराधीलाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।

चोरी डकैतीलगायत अपराधका घटनामा संलग्न भइ फरारको सूचीमा रहेका सर्लाहीका ४० वर्षिय विजेन्द्र पासवानलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा पासवान भागेपछि घुँडामुनि गोली हानेको हो ।

गोली प्रहारबाट घाइते पासवानको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा समेत पटक–पटक डकैतीमा संलग्न भएका व्यक्ति हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved