काठमाडौं । माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुती रहेको नाटक ‘युगको साँचो’को बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ गतेदेखि मञ्चन भइरहेको छ ।
टंक चौलागाईको परिमार्जन तथा निर्देशनमा बनेको यो नाटक, अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवादमा तयार पारिएको हो ।
अत्याधिक सफल ‘मुन नमुना उद्योग’ एक इमान्दार युवापुस्तालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा ‘युगको साँचो’ पठाइन् । युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाउँछन् । युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउँछन् । यहि सेरोफेरोमा यो नाटक बुनिएको छ ।
नाटकमा कलाकारहरू आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतिक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाईले अभिनय गरेका छन् ।
नाटक यही साउन १९ गतेसम्म मंगलबार बाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
तस्वीरहरू-


Facebook Comment
Comment