मेचुलाई कसले घुर्कायो ? (भिडिओसहित)

नेपालभ्युज

मेचुलाई कसले घुर्कायो ? (भिडिओसहित)

काठमाडौं । मेचु धिमाल खासै फुर्सद बस्दिनन्, केही न केही गरिरहेकै हुन्छिन् ।

कहिले गीत लेखनमा भुल्छिन्, कहिले कम्पोज गर्न बस्छिन् त कहिले गायनमा व्यस्त हुन्छिन् । कहिलेकाहीँ म्युजिक भिडिओमा फिचर्ड हुनसमेत पुग्छिन् मेचु । त्यसकारण पनि उनी बेफुर्सदिली बन्छिन् ।

मेचुको मान्यता छ- काम विस्तारै गरौँ तर, राम्रो गरौँ ।

काम राम्रो होस् भन्नका खातिर मेचुले कुनै कसर बाँकी राख्दिनन् । काममै घोत्लिरहन्छिन् । कामकै बारेमा गमिरहन्छिन् ।

त्यसैले पनि हुनुपर्छ, उनीबाट आउने प्राय: सृजनाहरू सुन्न, हेर्न र मनन गर्नलायक नै हुन्छ ।

उनले भर्खरै मात्रै पनि एउटा यस्तै सृजना लिएर श्रोता/दर्शकमाझ झुल्किएकी छन्- नघुर्काउ कान्छा ।

डान्सिङ बीटमा बनेको गीत सुन्नलायक मात्रै होइन, हेर्नलायक पनि छ । मेचुले नै शब्द लेखेर कम्पोज गरेको गीतमा उनलाई गायक नोगेन लिम्बूले साथ दिएका छन् ।

गीतमा एरेञ्ज/मिक्स-मास्टरिङको काम जानरीक्सको छ ।

यता भिडिओतर्फ मेचु नै कास्ट भएकी छन् भने उनलाई मौसम हिमालीले साथ दिएका छन् । निर्देशन र कोरियोग्राफीको काम हिमालीले नै गरेका छन् ।

गीतले युवा-प्रेमलाई समेट्न खोजेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved