कामदार दम्पत्तिले कुखुरा फर्म सञ्चालकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

नेपालभ्युज

कामदार दम्पत्तिले कुखुरा फर्म सञ्चालकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्रै सञ्चालकको हत्या घटनामा कामदार दम्पत्ति पक्राउ परेका छन् ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईँ कुखुरा फर्मभित्रै मृत अवस्थामा भेटिएका थिए ।

फर्ममा काम गर्नका लागि उर्लाबारी नगरपालिका-४ हाटखोलाका ३६ वर्षीय सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई राखिएको थियो ।

सो घटनापछि उनीहरु फरार थिए । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनीहरूले बञ्चरो र दाउ प्रहार गरेको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरूको साथबाट मृतकको मोबाइल फोन पनि बरामद गरिएको छ ।

घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved