पहिरोले घर पुरिँदा पोखरामा एकै घरका तीन जनाको मृत्यु, अर्को घटनामा ७ जनाको ज्यान गयो

नेपालभ्युज

पहिरोले घर पुरिँदा पोखरामा एकै घरका तीन जनाको मृत्यु, अर्को घटनामा ७ जनाको ज्यान गयो
फाइल तस्वीर

काठमाडौं । पोखरामा अर्को घर पनि पहिरोले पुरिएको छ । पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– ३२ चैनपुर बाह्वबीसेमा बुधबार राति आरती ओझाको घर पहिरोले पुरिँदा उनका तीन जना छोराछोरीको मृत्यु भएको हो ।

घटनामा आरतीकी १८ वर्षीया छोरी अनिता ९ वर्षीय छोरा प्रतिक र ११ वर्षीया छोरी अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । यसअघि बुधबार राति नै पहिरो घर पुर्दा पोखरामा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् ।

कास्कीमा पहिरोले घर पुरिदा सात जनाको मृत्यु, दुई जना गम्भीर घाइते

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved