नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, करिब ६० यात्रु बेपत्ता

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, करिब ६० यात्रु बेपत्ता
फाइल तस्वीर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ ।

शुक्रबार बिहान करिब साढे ३ बजे तिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो ।

विरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार बसमा २२ यात्रु सवार थिए ।

त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । सो बसमा ४२ यात्रु रहेको अनुमान छ ।

बस बगाएको खबर लगत्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिरोले बगाएका दुईवटै बस त्रिशूली नदीमा बेपत्ता भएको रिजालले जानकारी दिए।

पहिरोको कारण राजमार्गको दुई तर्फी आवागमन रोकिएको छ ।

हराएका दुवै बस भेटिएको छैन । सुरक्षाकर्मीको टोलीले हराएको बस खोजी गरिरहे पनि खोजी गर्न समस्या भएको छ ।

दुवै बसमा भएका करिब ५० यात्रु पनि सम्पर्कबाहिर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved