स्वप्नशास्त्र : सपनामा आफैले नुहाएको देख्नुको अर्थ के हुन्छ ?

नेपालभ्युज

स्वप्नशास्त्र : सपनामा आफैले नुहाएको देख्नुको अर्थ के हुन्छ ?

एजेन्सी । हामीले रातमा सुतेको बेला कुनै न कुनै प्रकारको सपना देख्छौं । आफैँले नुहाइरहेको सपना देख्यो भने के अर्थ लाग्छ ? यसको वास्तविक जीवनसँग केही सम्बन्ध हुन्छ वा हुँदैन ?

यसबारेमा स्वप्नशास्त्रले के बताउँछ भन्ने बारे जानौं ।

स्वप्नशास्त्रका अनुसार तपाईंले सपनामा आफैँले नुहाइरहेको देख्नुहुन्छ भने यसले शुभ संकेत गर्दछ ।

रातमा सुतेको समयमा आफूले नुहाएको देख्नु यो कुराको पनि संकेत हुन सक्छ कि तपाईं छिट्टै कतै यात्रामा जाँदै हुनुहुन्छ ।

आफूले सपनामा नुहाएको देख्नाले जीवनमा हुँदै गरेको परिवर्तनलाई जनाउँछ । यसले कुनै शुभ समाचार लिएर आउने पनि स्वप्नशास्त्रमा उल्लेख छ ।

साथमा सपनामा आफैले नुहाएको देख्नु तपाईंको जीवनमा छिट्टै धन लाभ हुने संकेत पनि हुन सक्छ । यसले तपाईंको राम्रो प्रगति हुनेछ भन्ने पनि देखाउँछ ।

सपनामा आफू पानीमा डुब्नबाट बचेको देख्नु पनि शुभ संकेत मानिन्छ । यसको अर्थ हुन्छ तपाईंले छिट्टै कुनै राम्रो समाचार सुन्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved