काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा गीतालाई दोषी ठहर गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् ।
बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो ।
Facebook Comment
Comment