काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको हो ।
धादिङ सिद्धलेक–५ का राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख, रूपक भण्डारीसँग ९६ लाख र काभ्रेको तेमाल गाएँपालिकाका कान्छा लामासँग ९६ लाख धरौटी माग गरिएको थियो ।
तर, धरौटी नुबझाएकाले उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
करिब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुन्धानबाट खुलेको थियो ।
सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधबारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
Facebook Comment
Comment