सरकार छाड्न बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसको अनुरोध

नेपालभ्युज

सरकार छाड्न बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

कांग्रेसले विज्ञप्ती मार्फत नयाँ समीकरणको सरकार गठनका लागि बाटो खाली गरिदिन अनुरोध गरेको हो ।

कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले जारी गरेको विज्ञप्तीमा सहमतीय सरकार गठनकालागि तत्काल मार्ग प्रशस्त गरिदिन अनुरोध गरेको उल्लेख छ ।

त्यस्तै लामाले अल्पमतमा पुगेको सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न पनि सम्झाएका छन् ।

बागमतीमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने नयाँ सत्ता समीकरणमा सहमत भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved