पहिरोले घर पुरिदा महिलाको मृत्यु

नेपालभ्युज

पहिरोले घर पुरिदा महिलाको मृत्यु
फाइल तस्वीर

काठमाडौं । पहिरोले घर पुरिदा बागलुङमा एक महिलाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरो खसेर घर पुरिदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएकी थिइन् । उनी पहिरोमा पुरिएको थाहा पाएपछि बिहान छिमेकीले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved