विदेशमा सपना बुनिरहेका युवाहरूको कथा ‘अ बिगिनिङ’ (तस्वीरहरु)

विदेशमा सपना बुनिरहेका युवाहरूको कथा ‘अ बिगिनिङ’ (तस्वीरहरु)

काठमाडौ। कुनै आकार नभएको सपना साकार पार्ने तीनजना युवाहरूको कथा समेटिएको नाटक ‘अ बिगिनिङ’ को मण्डला थिएटरमा मञ्चन गरिएको छ। मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको बिद्यार्थीहरुको अन्तिम प्रोजेक्टको रुपमा यो नाटक तयार पारिएको हो।

आफ्ना सपनाहरू बन्धक बनाएर जापानमा काम गरिरहेका युवाहरूको जिवनशैलीलाई आधार बनाएर यो नाटक लेखिएको छ।

आफ्नो सांस्कृतिक पहिचान, पारिवारिक बन्धन, र विदेशी भूमिमा सपनाहरूको खोजीमा आएका जटिलताहरूलाई कथामा बुनिएको छ।

मिलन बहादुर खड्काको लेखन् इक्शा मादेन लिम्बूको निर्माण र तिर्थराज विश्वकर्माको निर्देशनमा बनेको ‘अ बिगिनिङ’ मा सचिन दाहाल, सम्राट सिंह र विवेकजंग पाण्डेले अभिनय गरेका छन्।

यो नाटक असार २६ गते दिउँसो २ बजे र साँझ ६ बजे मञ्चन गरिएको थियो।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved