स्कुटर दुर्घटनामा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

नेपालभ्युज

स्कुटर दुर्घटनामा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

काठमाडौं । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा किशोरी घाइते भएकी छन् ।

बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।

स्कुटरको पछाडी सवार उनकी बहिनी १७ वर्षिया रश्मी गम्भीर घाइते भएकी छन् ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुटवलबाट पाल्पा जाँदै गरेका दाजुबहिनी सवार स्कुटरले सोही दिशामा रहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved