मुसलधारे वर्षाका कारण धरान र विराटनगर जलमग्न, सडकमै बाढी उर्लियो

नेपालभ्युज

मुसलधारे वर्षाका कारण धरान र विराटनगर जलमग्न, सडकमै बाढी उर्लियो

काठमाडौं । कोशी प्रदेशमा सोमबार रातिदेखि जारी वर्षाका कारण सुनसरी र मोरङका अधिकांश स्थान स्थान जलमग्न भएका छन् ।

सुनसरीको चतरा, धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा अहिले मुसलधारे वर्षा भइरहेको छ ।

लगातार भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेंग्रा र बुढी खोलामा भेल बाढी उर्लिएको छ ।

यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेंग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगरका सडकमा बाढी बगेको छ ।

बाढीका कारण कोरिडोरका अधिकांश उद्योगमा पानी पसेको छ । बाढीका कारण केही उद्योग बन्द भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved