माइक्रो बस दुर्घटनामा ८ जना घाइते

नेपालभ्युज

माइक्रो बस दुर्घटनामा ८ जना घाइते

काठमाडौं । रूपन्देहीको तिलोत्तमामा माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बसमा १६ यात्री सवार थिए । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रोबस तिलोत्तमा–२ शंकरनगरमा अनियन्त्रित भई सडकमा पल्टिएको छ । घाइतेमध्ये सहचालकको अवस्था अलि गम्भीर छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण माइक्रो दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved