कञ्चनपुरमा बेपत्ता तीनमध्ये दुई किशोरी मृत भेटिए, एक जनाको खोजी जारी

नेपालभ्युज

कञ्चनपुरमा बेपत्ता तीनमध्ये दुई किशोरी मृत भेटिए, एक जनाको खोजी जारी

कञ्चनपुर । नदीले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई मृत अवस्थामा भेटिएका छन् । एक किशोरी भने अझै बेपत्ता भएकी छिन् ।

पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सृजना र लक्ष्मी मृत अवस्थामा भेटिएका हुन् भने आरतीको अवस्था अज्ञात छ । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् ।

प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा नदीले बगाएको थियो ।

दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved