महिलाको बाँझोपन हटाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपालभ्युज

महिलाको बाँझोपन हटाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सुर्खेत । आफूलाई दुर्गा माता बताउँदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ’, ‘बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

गाउँका सोझा महिलाहरूलाई बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजुरीको आधारमा हजरून खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

३६ वर्षीय खातुनले तीन लाख ४४ हजार नगद र गरगहना ठगी गरेको आरोप छ ।

पक्राउ परेकी खातुनलाई कालिकोट पुर्‍याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved