एमालेले बागमती सरकार छाड्यो, मुख्यमन्त्रीमा कांग्रेसको दाबी

नेपालभ्युज

एमालेले बागमती सरकार छाड्यो, मुख्यमन्त्रीमा कांग्रेसको दाबी
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले माओवादी नेतृत्वको सरकार छाडेको हो । एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले मुख्यमन्त्री कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।

नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक सरकार बन्ने भएको छ ।

मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved