मधेस सरकारमा पठाउन कांग्रेसले छान्यो ४ सांसद

नेपालभ्युज

मधेस सरकारमा पठाउन कांग्रेसले छान्यो ४ सांसद

धनुषा । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउने मन्त्री टुङ्गो लगाएको छ । पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनारायण यादवलाई मन्त्री बनाउने भएको हो ।

कांग्रेसले अर्थ मन्त्रालय, ऊर्जा सिचाइ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको छ ।

कांग्रेसले ४ मन्त्रालयका लागि नाम टुङ्गो लगाए पनि जनमतले ३ मन्त्रालय मात्र दिन सक्ने जनाएको छ ।

२५ सांसद रहेको एमालेलाई ४ मन्त्रालय दिने कुरो छ । २२ जना सांसद रहेको कांग्रेसलाई ३ मन्त्रालय दिइने र मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय आफैँले राख्न चाहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved