टिभिएस कल्टको दोस्रो राइड सफलतापूर्वक सम्पन्न

नेपालभ्युज

टिभिएस कल्टको दोस्रो राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव यात्रा शनिबार सम्पन्न भएको छ । टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टसम्मको राइडमा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो ।

यसमा एक मात्र महिला राइडर रोनीशा महर्जन पनि सहभागी थिइन् । यो कार्यक्रम असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । राइडरहरू चुनिखेल–१०, बूढानीलकण्ठमा आयोजित ‘धान रोपाइँ कार्यक्रम’ पनि सहभागी भएका थिए ।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए । मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका थिए । रोनीन कल्ट समुदायमा ४ सयभन्दा बढीले सदस्यता पाएका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved