काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई म्याद थपका लागि आज अदालत पेश गरिदै छ ।
गत शुक्रवार पक्राउ परेका थापा विरुद्ध अदालतमा आज थुनछेक बहस हुन लागेको हो । उनलाई हिजो अदालत पेश गरिएपनि समय अभावका कारण बहस हुन सकेन ।
प्रतिक थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेको छ ।
उनी विरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ ।
बुबा रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपनि उनी भने फरार रहँदै आएका थिए ।
भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
Facebook Comment
Comment