काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले चीन नेतृत्वको बीआरआई प्रोजेक्टमा नेपाल सरकारले ऋण लिन नहुने बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले बीआरआई प्रोजेक्ट अगाडि बढाउने तरखरमा रहेको भन्दै ऋण लिन नहुने बताएका हुन् ।
‘अब नेपालले पुनः ऋण लिनु हुँदैन । पोखरा एयरपोर्ट, भैरहवा एयरपोर्ट लगायतका अन्य ठूलाठूला प्रोजेक्टमा जुन ठूलाठूला ऋण लिएको छ । त्यही तिर्न सक्ने अवस्था देशको छैन’, उनले भने ।
सांसद् चौरसियाले चार्वाक दर्शनले मान्छे फर्किएर आउँदैन, ऋण लिएर भए पनि सुख गर्नुपर्छ भनेको भए पनि आजको अवस्था त्यस्तो नरहेको बताए ।
‘बैंकबाट व्यक्तिले ऋण लियो भने बैंकले छाला छिलेर भए पनि पैसा असुल गर्छ । बालबच्चासँग, धनसम्पत्ति लिलाम गरेर असुल गर्छ । र राष्ट्रले ऋण लियो भने राष्ट्रसँग पनि असुल गर्छ’, उनले चीनतिर लक्षित गर्दै भने ।
बिहीबारको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरूले यो विषयमा चर्चा गरेका थिए । उनीहरूले अनुदान ल्याउन जोड गर्नुपर्ने आशयमा बोलेका थिए ।
संसद्मा प्रकट भयो चिनियाँ ऋणको डर !
Facebook Comment
Comment