एमसीसी र बीआरआईबीचको अन्तर स्पष्ट पार्न चित्रबहादुर केसीको माग

नेपालभ्युज

एमसीसी र बीआरआईबीचको अन्तर स्पष्ट पार्न चित्रबहादुर केसीको माग
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजना बीचको अन्तर स्पष्ट पार्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरे ।

उनले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए ।

अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाइ छ । उनले बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताए ।

उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved