बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन सांसद विकको आग्रह

नेपालभ्युज

बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन सांसद विकको आग्रह

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन आग्रह गरेकी छिन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बीआरआईमा ऋण सम्झौता गर्दा श्रीलंका, जाम्बिया, पाकिस्तान र माल्दिभ्स जस्ता देशलाई ऋण तिर्न समस्या हुँदा ती देशको अर्थतन्त्रमा नै नकारात्मक असर परेको बताइन् ।

सरकारले चीनसँग अनुदान उपलब्ध गराउन प्रयास गर्नुपर्ने सांसद विकको भनाइ छ ।

उनले देश र जनता ऋणले थिचेर उठ्न नसक्ने अवस्थामा पुगेका भन्दै उनले बीआरआई परियोजनाले देशलाई उच्च ऋणको भार बोकाउँदा ऋण व्यवस्थापन गर्न चुनौती आउन सक्ने बताइन् ।

‘तिर्ने बलियो आधार नहुँदा र आर्थिक रुपमा सधैं परनिर्भर हुनुले स्वतन्त्रता र राष्ट्रिय नीतिमा नै प्रभाव पार्न सक्छ’, उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved