‘तीनपाने रक्सी’मा लेबल गरेर विदेशमा सप्लाइ गरौँ : सांसद सूर्यकुमारी

नेपालभ्युज

‘तीनपाने रक्सी’मा लेबल गरेर विदेशमा सप्लाइ गरौँ : सांसद सूर्यकुमारी

काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले नेपालमा उत्पादन हुने लोकल रक्सीलाई लेबल गरिनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘जनजातिले सीप र पेशाले बनाइने कोदो र चामलबाट बनाइने तीनपाने अर्कानिक रक्सीलाई बोतलमै शिलबन्दी गर्ने व्यवस्था गरौँ । र बोतलमै लेबल नै राखौँ- तीनपाने जनजातिको अर्गानिक रक्सी भनेर लेबल नै राखौँ र विदेश सप्लाइ गरौँ ।’

उनले त्यसरी बेचिने रक्सीले देशको अर्थतन्त्रमा सुधार हुने र नेपालको जनजातिहरूको पनि जीवनस्तर उठ्ने बताइन् ।

सरकारले जनजाति आदिबासीको सीप र पेशा जोडिएको लोकल मदिरा खुला गरेकोमा धन्यवाद पनि दिइन् ।

अब कृषि मन्त्रालयले चैते धानलाई जस्तै गरेर देशको हरेक भूभागमा कोदो उत्पादनमा जोड दिनुपर्ने बताइन् । ‘कोदो उत्पादनका लागि विभिन्न भूभागमा कोदोको ब्राण्डिङ गरौँ’, उनको प्रस्ताव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved