परम्परागत रुपमा भइआएका बाहेक नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना हुन दिने नीति छैन : प्रधानमन्त्री

‘नेपालले केही मित्र राष्ट्रहरूसँग विगतमा गरेका समझदारी अनुसार परम्परागत रुपमा त्यहाँका राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको कुरा स्पष्ट पार्न चाहन्छु’, उनले भने ।

नेपालभ्युज

परम्परागत रुपमा भइआएका बाहेक नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना हुन दिने नीति छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी सेनामा भइरहेको नेपाली नागरिकको भर्तीप्रति सरकार गम्भीर रहँदै आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत रुपमा भइआएका बाहेक नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना हुन दिने नीति नरहेको बताए ।

‘नेपालले केही मित्र राष्ट्रहरूसँग विगतमा गरेका समझदारी अनुसार परम्परागत रुपमा त्यहाँका राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको कुरा स्पष्ट पार्न चाहन्छु’, उनले भने ।

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ इरान गएका कारण सोही मन्त्रालय सम्हालिरहेका प्रचण्डले प्रतिनिधि सभामा जवाफ दिँदै गोरखा भर्ती १९४७ मा सम्पन्न त्रिपक्षीय सम्झौता बमोजिम भएको उनले बताए । सो सम्झौतालाई समय सापेक्ष बनाउन राष्ट्रिय सहमतिका आधारमा बेलायत सरकारसँग गर्नुपर्ने बताए ।

‘यसमा सबैको साथ र सहयोग हुने अपेक्षा गर्छु’, उनले भने, ‘त्यो भयो भने त्यो फलदायी र परिणाम निकाल्ने गरी वार्ता गर्न सकिन्छ र गर्नुपर्छ भन्ने म ठान्छु ।’

रुस र युक्रेन युद्धमा नेपाली नागरिक पनि रुसी सेनामा संलग्न हुने गरेका छन् । सांसदहरूले त्यसबारे प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल समेत बनाइएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved