२०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँ : महेश बर्तौला

मंगलबार प्रनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भए पनि त्यस बेलादेखिका संसदीय गतिविधिको अभिलेख सर्वसाधारणको पहुँचमा नआएको बताए ।

नेपालभ्युज

२०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् ।

मंगलबार प्रनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भए पनि त्यस बेलादेखिका संसदीय गतिविधिको अभिलेख सर्वसाधारणको पहुँचमा नआएको बताए ।

उनले अहिलेसम्म संसद्‌का अभिलेखहरुलाई व्यवस्थित रुपमा सर्वसाधरणले सजिलै पाउन नसकेको बताए । उनले संसद्का‌ समग्र गतिविधिहरुलाई वेबसाइटमार्फत सजिलै हेर्न सक्ने गरी वेबसाइटमा ल्याउन माग गरे ।

२००८ देखिका राजपत्र, २०१३ सालदेखि कानुन पत्रिका र देशभर फौजदारी मुद्दा भेट्न सकिने तर संसद्को‌ समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘मन्त्रिपरिषद्का निर्णयहरु पनि समरीका रुपमा भेट्न सक्छौँ तर संसद्का समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु’, बैठकमा उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved