केसी भन्छन्- प्रधानमन्त्रीले रोस्ट्रमबाट बिलौना गर्नुभयो

नेपालभ्युज

केसी भन्छन्- प्रधानमन्त्रीले रोस्ट्रमबाट बिलौना गर्नुभयो
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोस्ट्रमबाट बिलौना पोखेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने, ‘अस्ति प्रधानमन्त्रीले रोस्ट्रमबाट बिलौना गर्नुभयो । प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्दाखेर आफ्नै वरिष्ठ मन्त्रीहरू उपस्थित नहुँदा उहाँले वैराग गर्नुभयो । कसका कारणले भयो यस्तो ?’

उनले मन्त्रीहरूलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न पनि गरेका छन् । ‘संसद्‌प्रति, गणतन्त्रप्रति, लोकतन्त्रप्रति स्वयं आफ्ना सहयोगीले यति उपेक्षा गर्दाखेर उहाँले ती सहयोगीहरूलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ? कस्तो कमान्डिङ गर्नुभएको छ ?’

केसीले थपे, ‘आफ्नै मन्त्रिमण्डलका मान्छेले कुनै जिल्लामा दशौं अर्ब रुपैयाँ थुपार्दा अन्य जिल्लाका सांसदहरू रित्तो हात आफ्नो निर्वाचन क्षेत्रतिर जाँदाखेर उहाँलाई कस्तो लाग्दो हो ? उहाँले जुन कुरा उठाउनुभयो, त्यो गम्भीर छ ।’

असार ६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दै अन्य पार्टीका शीर्ष नेताहरू तथा उनकै क्याबिनेटका मन्त्रीहरू समेत देखिएका थिएनन् । त्यसलाई लक्षित गर्दै उनले रोस्ट्रमबाट कटाक्ष गरेका थिए ।

संसद्‌मा प्रचण्डको असन्तुष्टि- प्रधानमन्त्रीलाई अवमूल्यन गरिएको हो !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved