‘वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्रोत छैन भनेर समानीकरण अनुदान कटौती गर्ने ?’

नेपालभ्युज

‘वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्रोत छैन भनेर समानीकरण अनुदान कटौती गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमारमा थापाले समानीकरण अनुदान कटौतीको विषयमा असन्तुष्टि जनाएका छन् ।

‘सामानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व । तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तै गर्दै आएको छ, मानौँ, तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो’, थापाले भने ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले अहिले आएर सरकारले निर्णय गरेको भन्ने सुनिए पनि सात प्रतिशत जति घटाउने सुनिएको बताए ।

‘किनकि, स्रोत छैन भन्ने कुरा आयो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य छ । असंवैधानिक छ’, उनले भने ।

थापाले स्थानीय सरकारका प्रमुखहरूसँग प्रधानमन्त्रीले ‘मेरो त मन छ, तर मन्त्रीले मानेनन्’ भनेको भन्दै थापाले असन्तुष्टि जनाए ।

उनको भनाइ छ, ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो । यसमा नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved