डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

नेपालभ्युज

डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र
फाइल तस्वीर

काठमाडौं । निरन्तरको वर्षाले पहिरो खस्दा लमजुङ्को डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१ दलालमा बिहान पहिरो खसेसँग सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि लमजुङबाट राजधानी काठमाडौँ, पोखरा तथा चितवन, भैरहवालगायत जाने र जिल्ला भित्रिने सवारी आवागमन रोकिएको छ ।

बाटो बन्दहुँदा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि पनि असार ४ गते पनि पहिरो खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved