मेलम्चीको पानी तत्काल बन्द नहुने

नेपालभ्युज

मेलम्चीको पानी तत्काल बन्द नहुने
फाइल तस्वीर।

काठमाडौं । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं ल्याइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउन नरोकिने बताएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानले मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई भने ध्यान दिइने बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताए ।

विज्ञ र मन्त्रालयले जेठ ३१ गतेदेखि जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगर्ने उनले जानकारी दिए ।

तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरीने कार्यकारी निर्देशक लामिछानेको भनाइ छ ।

सबै सावधानीका उपाय अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved