बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

नेपालभ्युज

बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण लमजुङको बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोही बाटोमा पर्ने अक्टोपस झरनामा पनि पानी बढेपछि यातायात आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर हो ।

पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved