डुम्रे बेँसीसहर सडक खण्ड अवरुद्ध, सयौं सवारीसाधन रोकिए

नेपालभ्युज

डुम्रे बेँसीसहर सडक खण्ड अवरुद्ध, सयौं सवारीसाधन रोकिए

काठमाडौं । पहिरो खसेपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण झरेको पहिरोका कारण बेँसीसहरको दलालमा लेदोसहितको पहिरो खस्दा बिहानदेखि सो सडक खण्ड अवरुद्ध भएको हो ।

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु बिचबाटोमा अलपत्र परेका छन् ।

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।

बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर यो सडक खण्ड ४२ किलोमिटरको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved