काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट २ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय लमजुङका अनुसार दूधपोखरी गाउँपालिका-६, ओखरीका ४४ वर्षीय लिला गुरुङ गम्भीर घाइते भएका छन् । यस्तै दोर्दी गाउँपालिका-४, नौथरका ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् ।
टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेका लिलालाई चितवन मेडिकल कलेज भरतपुर लगिएको छ भने मंगल भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सुन्दरबजार नगरपालिका-९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका-५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment