शान्तिनगरमा ट्याक्टर दुर्घटना : ४ जना घाइते, एकको अवस्था गम्भीर

नेपालभ्युज

शान्तिनगरमा  ट्याक्टर दुर्घटना : ४ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । दाङको  शान्तिनगर गाउँपालिका– १ को गुन्डले खोलामा  रा १ त २३१७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको  छ । सोमबार बेलुकी भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको गम्भीर  रहेको छ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका– २ का ३९ वर्षीय भिमबहादुर बुढाथोकी, ५२ वर्षीय लाटो राना, २३ वर्षीय उमेश भण्डारी र ५१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् ।

टाउको, दुबै हातखुट्टा र छातीमा चोट लागेका धनबहादुर भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घाइतेहरूको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ  ।

ट्याक्टरमा  ६ जना सवार थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved